बिराटनगरमा मोटरसाइकल दुर्घटना, चालक घाइते।

बिराटनगरमा मोटरसाइकल दुर्घटना, चालक घाइते।

कोशी आवाज २०८२ साउन १९ गते सोमबार ।

मोरङ रङ्गेली । गए राती बिराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित बिराट साईन्स क्याम्पस अगाडि कोशी राजमार्गमा एक दुर्घटना भएको छ। बिराटनगरबाट जतुवा तर्फ आउँदै गरेको मधेश प्र. ०२-००५प४२९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक ३३ वर्षीय सुमन कुमार झाको बाया खुट्टा, बाया हात र अनुहारमा चोट लागेको छ। उहाँ जिल्ला सिराहा घर भइ हाल बिराटनगर महानगरपालिका वडा नम्बर १३ मा डेरा गरी बस्दै आउनु भएको जानकारी प्राप्त भएको छ। सुमनलाई उपचारको लागि तत्कालनै न्युरो अस्पताल, बिराटनगरतर्फ पठाइएको छ।

प्रहरीका अनुसार, मोटरसाइकललाई सिआरभी जतुवाले नियन्त्रणमा लिएको छ ।