

रंगेली प्रहरी र लागू औषध अनुसन्धान ब्युरोको ठुलो उपलब्धि
सुनबर्षी–९ डाइनियामा ६१.१ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ ।
कोशी आवाज २०८२ श्रावण १ गते बिहिबार ।
मोरङ रङ्गेली । रंगेली इलाका प्रहरी कार्यालय र लागू औषध अनुसन्धान ब्युरो (Narcotics Control Bureau) को संयुक्त टोलीले आज पुनः ठुलो सफलता हात पारेको छ। मोरङको सुनबर्षी नगरपालिका–९ डाइनिया क्षेत्रबाट ६१.१ ग्राम ब्राउन सुगर (Brown Sugar) बरामद गरिएको छ।प्रहरीको विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा भारत, बिहार निवासी एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिसँगै प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार लागू औषध ओसारपसारमा संलग्न गिरोहको खोज र थप अनुसन्धान जारी रहेको छ। बरामद गरिएको पदार्थको तौल र गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
प्रहरी स्रोतका अनुसार रंगेली क्षेत्र तथा सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारलाई निरन्तर निगरानी गर्दै कारवाही तीव्र बनाइएको छ।
प्रहरीको भनाइ अनुसार, यो सफलता सीमावर्ती क्षेत्रमा सक्रिय लागुऔषध तस्करहरू विरुद्धको सशक्त सन्देश हो। स्थानीय बासिन्दालाई पनि संलग्न व्यक्तिबारे जानकारी दिन आह्वान गरिएको छ।
प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला मोरंग सुनबर्षी नगर पालिका वार्ड नं ९ डायनिया स्थित हुलाकी मार्गमा भारतिय मोटर साईकल बाट भारत ,बिहार प्रदेश, सिक्टी मोटरसाइकल चालक बस्ने अंदाजी बर्ष ३२ को सद्दाम र मोटरसाइकलमा पछाडी सवार देश भारत ,अररिया जिल्ला सिक्टी ग्राम पंचायत बस्ने बर्ष ३२ को शेर बाट ६३.१ ग्राम लागु पदार्थ खैरो हेरोईन बरामद गरी मानिस र मोटर साईकल समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान भई रहेको प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेन्द्र बोगटी ले जानकारी दिएको छ।