नगर अस्पताल सञ्चालनमा ल्याउन उद्देश्यले जिल्ला प्रशासन कार्यालय प्रमुख सुनवर्षी नगरपालिकामा जग्गा अनुगमन गर्दै ।

सुनबर्सी वार्ड नं ९ मा नगर अस्पताल सञ्चालनको तयारी, एक बिघा जग्गा सम्बन्धित व्यक्तिहरूद्वारा अनुगमन ।

कोशी आवाज २०८२ जेठ ७ गते मंगलबार

मोरङ । सुनबर्सी नगरपालिका वार्ड नं ९ स्थित बिर्ता टोलको झुम्री ताल छेउमा प्रस्तावित नगर अस्पताल निर्माणका लागि तोकिएको एक बिघा क्षेत्रफलको जग्गामा अनुगमन गरिएको छ।

नगर अस्पताल सञ्चालनको उद्देश्यले गरिएको पहलले सुनबर्सीका जनतालाई छिट्टै आफ्नै पालिकामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सुनिश्चितता गरेको छ। स्थानीय जनप्रतिनिधि राजनीतिक कर्मी लगायत बुद्धिजीवीले नगर हस्पिटल बनाउने उद्देश्यले आफ्नो सक्रियतामा अगाडि बढाइएको छन् ।

जनप्रतिनिधिले यस योजनाले स्वास्थ्य पहुँचलाई अझ सहज र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

उक्त अनुगमनमा मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख इन्द्रदेव यादव, सुनबर्सी नगर प्रमुख श्याम प्रसाद राजबंशी,ऐ.नगरका प्रमुख प्रशासकीय अधिकृत,स्थानीय जग्गादाता तथा विभिन्न दलका राजनीतिक कर्मी बुद्धिजीवीहरू लगायत सहभागितामा निरीक्षण तथा अनुगमन गरिएको छन् ।