सरकारले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी ।

सरकारले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी ।

कोशी आवाज २०८२ फागुन २७ गते बुधबार ।

मोरङ । प्रधानमन्त्री सुशीला कार्कीले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेकी छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित अनुसन्धान निकायहरूलाई निर्देशन दिने तयारी गरिएको छ।

यस विषयमा प्रधानमन्त्री कार्कीले प्रतिवेदन बुझेकै दिन बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हालगायतसँग छलफल गरेकी थिइन्। साथै केही कानुन व्यवसायीसँग पनि परामर्श गरिएको बताइएको छ।