रंगेलीमा प्रथम रंगेली दौड प्रतियोगिता आयोजना हुँदैन।

रंगेलीमा प्रथम रंगेली दौड प्रतियोगिता आयोजना हुँदैन।

कोशी आवाज २०८२ माघ ७ बुधबार ।

मोरङ । रंगेलीमा प्रथम रंगेली दौड प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। “लागू औषध होइन, खेलकुद रोजौँ, स्वस्थ युवा सुरक्षित भविष्य” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको उक्त प्रतियोगिता रंगेली युवा समितिको आयोजनामा हुन लागेको हो।

प्रतियोगिता २०८२ साल माघ २८ गते शनिबार रंगेली बजारस्थित काली मन्दिर परिसरमा सञ्चालन हुनेछ। प्रतियोगिता OPEN 5 किलोमिटर दौडका रूपमा आयोजना गरिनेछ।

दौड प्रतियोगितामा पुरुष तथा महिला दुवै तर्फ पुरस्कारको व्यवस्था गरिएको छ। पुरुषतर्फ प्रथम हुनेले १० हजार, दोस्रोले ६ हजार, तेस्रोले ४ हजार, चौथोले १ हजार ५ सय र पाँचौँले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै महिलातर्फ प्रथमलाई ५ हजार, दोस्रो ३ हजार ५ सय, तेस्रो १ हजार ५ सय, चौथो १ हजार र पाँचौँलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाका खेलाडीहरू सहभागी हुनेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुकले २०० रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्नेछ। आयोजकका अनुसार प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागू औषध दुव्र्यसन विरुद्ध सचेतना फैलाउने लक्ष्य लिएको छ।