रङ्गेली–४ मा खानेपानी पाइपलाइन विस्तारको माग गर्दै ज्ञापनपत्र ।

रङ्गेली–४ मा खानेपानी पाइपलाइन विस्तारको माग गर्दै ज्ञापनपत्र ।

कोशी आवाज २०८३ मङ्सिर ०९ गते बुधबार ।

बिराटनगर । मोरङको रङ्गेली नगरपालिका–४ मा खानेपानी पाइपलाइन विस्तार गरी धारा जडान गर्न माग गर्दै स्थानीयवासीहरूले ज्ञापनपत्र बुझाएका छन्।

पुरानो वडा कार्यालयदेखि पूर्वी टोलसम्म खानेपानी पाइपलाइन विस्तार गर्न माग गर्दै स्थानीयवासीको सामूहिक हस्ताक्षरसहित खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, रङ्गेली–७ समक्ष ज्ञापनपत्र पेस गरिएको हो।

स्थानीयवासीको आधारभूत आवश्यकता पूरा गर्न तथा स्वच्छ खानेपानीमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त पहल गरिएको जनाइएको छ।

स्थानीयवासीले सम्बन्धित निकायसँग खानेपानी पाइपलाइन विस्तारको माग सम्बोधन गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन्।