भारतको आसाममा भीषण सडक दुर्घटना : मिनीबस र कन्टेनर ट्रक ठोक्किँदा २३ जनाको मृत्यु, २० घाइते ।

भारतको आसाममा भीषण सडक दुर्घटना : मिनीबस र कन्टेनर ट्रक ठोक्किँदा २३ जनाको मृत्यु, २० घाइते ।

कोशी आवाज २०८३ कार्तिक १७ गते शुक्रबार ।

बिराटनगर । भारतको आसामस्थित काजीरंगा राष्ट्रिय निकुञ्ज नजिकै मिनीबस र कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार मिनीबसमा अधिकांश कलेजका विद्यार्थी सवार थिए। उनीहरू कक्षाबाट फर्किरहेका बेला दुर्घटना भएको हो। मिनीबस गोलाघाटबाट नागाउँतर्फ जाँदै थियो भने कन्टेनर ट्रक माथिल्लो आसामतर्फ गइरहेको थियो।

गोलाघाटका वरिष्ठ प्रहरी उपरीक्षक स्वप्नील डेकाले २३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ।