तिहार मनाउन घर पुगेका ४० वर्षीय बुधराम सोरेनको हत्या, श्रीमती र उनका प्रेमी पक्राउ ।

तिहार मनाउन घर पुगेका ४० वर्षीय बुधराम सोरेनको हत्या, श्रीमती र उनका प्रेमी पक्राउ ।

कोशी आवाज २०८३ कार्तिक २३ गते सोमबार।

बिराटनगर । मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा तिहार मनाउन घर पुगेका ४० वर्षीय बुधराम सोरेनको हत्या भएको छ। हत्याको आरोपमा उनकी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार आइतबार राति करिब ९ बजे सोरेनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको हो।

प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा मृतककी ३५ वर्षीया श्रीमती कमली बास्के र उनका प्रेमी भनिएका भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनील मिश्रलाई पक्राउ गरिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।