कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने ।
कोशी आवाज २०८३ कार्तिक १२ गते बिहीबार ।
बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे आयोजना हुने समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। सभापति गगनकुमार थापाले भने यसअघि नै शपथ लिइसकेका छन्।
निर्वाचन समितिका अनुसार यसपटक शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सञ्चालन हुनेछ। शपथसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरी पदबहालीसमेत गराइनेछ।
महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए। नयाँ कार्यसमितिको पहिलो बैठक पनि आजै बस्ने तयारी छ। बैठकमा महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुका साथै पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनबारे छलफल हुने जनाइएको छ।