बोर्डरको कमान्ड सम्हालेको एक सातामै ५७० किलो गाँजा बरामद, निरीक्षक अजय ठाकुरको नेतृत्वमा ठूलो सफलता ।

बोर्डरको कमान्ड सम्हालेको एक सातामै ५७० किलो गाँजा बरामद, निरीक्षक अजय ठाकुरको नेतृत्वमा ठूलो सफलता ।

कोशी आवाज २०८३ असोज २६ गते सोमबार ।

बिराटनगर  । सशस्त्र प्रहरी बल नेपाल बीओपी नोचाको कमान्ड सम्हालेको एक साताभित्रै प्रहरी निरीक्षक अजय ठाकुरको नेतृत्वमा खटिएको टोलीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
मिति २०८३ असोज २४ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी, मोरङअन्तर्गत बीओपी नोचाबाट प्रहरी निरीक्षक अजय ठाकुरको कमान्डमा खटिएको टोलीले मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकमा उक्त गाँजा बरामद गरेको हो।

शंकास्पद अवस्थामा रहेको प्रदेश १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यानलाई चेकजाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले गाडी जाँच गर्दा तरकारीको बीचमा लुकाएर राखिएको १९ पोका, अन्दाजी ५७० किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको पिकअप भ्यान र गाँजा बीओपी नोचामा ल्याइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।

कमान्ड सम्हालेको एक सातामै ठूलो परिमाणमा गाँजा बरामद

बीओपी नोचाको कमान्ड सम्हालेको एक साताभित्रै ठूलो परिमाणमा गाँजा बरामद हुनुलाई सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि गरिएको कारबाहीका रूपमा हेरिएको छ। प्रहरी निरीक्षक ठाकुरको नेतृत्वमा भएको यस कारबाहीले सीमाक्षेत्रमा निगरानी र सुरक्षा सतर्कताको महत्त्वलाई समेत उजागर गरेको छ।