नवलपरासीमा ११ लाख ६८ हजारका कपडा बरामद ।

नवलपरासीमा ११ लाख ६८ हजारका कपडा बरामद ।

कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।

विराटनगर । प्रहरीले नवलपरासीबाट ११ लाख ६८ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ।

सुस्ता गाउँपालिका–१, रुपैयालियाका महेन्द्र चौधरीको घरको भान्छा कोठामा गोदाम गरी राखिएका विभिन्न कपडा प्रहरीले बुधबार बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार बरामद कपडाको मूल्य ११ लाख ६८ हजार रुपैयाँ बराबर रहेको छ।

बरामद कपडासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।