नापी कार्यालय बर्दिबासका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा ।

नापी कार्यालय बर्दिबासका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा ।

कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबास, महोत्तरीका सर्भेक्षक शिवकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले साहविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले साहलाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा साहले घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आयोगले साहविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कानुनबमोजिम सजायको मागदाबी गरेको जनाएको छ।