जिल्लासँग पालिका’ कार्यक्रम सम्पन्न ।

‘जिल्लासँग पालिका’ कार्यक्रम सम्पन्न ।

कोशी आवाज २०८३ असोज १२ गते सोमबार ।

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति मोरङको आयोजनामा “जिल्लासँग पालिका” कार्यक्रम जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका जिम्मेवार पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न भएको छ।

जिल्ला सभापति श्री भरत कटेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठन सुदृढीकरण, पालिका तहको कार्यसम्पादन, आगामी कार्ययोजना तथा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल र अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा सहभागी जिम्मेवार साथीहरूले संगठन निर्माण, जनसम्पर्क र आगामी दिनमा गर्नुपर्ने कार्यबारे महत्वपूर्ण सुझाव तथा धारणा प्रस्तुत गरेका थिए। छलफलबाट आवश्यक निर्णयसमेत गरिएको जनाइएको छ।

कार्यक्रम जिल्ला कार्यसमितिको जिल्ला–पालिका समन्वयलाई थप मजबुत बनाउँदै संगठनलाई जनताको बीचमा अझ प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यतर्फ केन्द्रित रहेको थियो।

कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै जिल्ला सचिव दिवस नेपालले संगठनलाई बलियो, एकताबद्ध र जनमुखी बनाउने अभियानमा यस्ता अन्तरक्रियाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।