कानेपोखरी–३ का देवेन्द्र लुईटेल कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार ।
कोशी आवाज २०८३ असोज ११ गते आइतबार ।
बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–३ का देवेन्द्र लुईटेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बन्नुभएको छ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका लुईटेलले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ। उहाँ एक कार्यकाल क्षेत्रीय प्रतिनिधि र एक कार्यकाल जिल्ला सदस्यको जिम्मेवारीमा समेत रहिसक्नुभएको छ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएका लुईटेलले स्थानीय मठ–मन्दिर, क्लब तथा विभिन्न सामाजिक संघसंस्थाका गतिविधिमा सहयोग गर्दै आउनुभएको छ । स्थानीय स्तरमा हुने सामाजिक, धार्मिक तथा सामुदायिक कार्यक्रमहरूमा सहभागी हुँदै आवश्यक सहयोग र समन्वय गर्दै उहाँले सामाजिक क्षेत्रमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आउनुभएको हो ।
समाजका विभिन्न वर्ग र समुदायसँग सहकार्य गर्दै सामाजिक गतिविधिमा सक्रिय रहनुभएका लुईटेलले राजनीति जनताको सेवा र समाज रूपान्तरणको माध्यम बन्नुपर्ने धारणा राख्दै आउनुभएको छ।
पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताको हित तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै आफूले निरन्तर काम गर्दै आएको लुईटेलको भनाइ छ। उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन सबै प्रतिनिधिलाई विवेकपूर्ण निर्णय गर्दै नेतृत्व चयनमा सहभागी हुन आग्रह गर्नुभएको छ।
लुईटेलले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसलाई थप सुदृढ, संगठित र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।
लुईटेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार हुनुहुन्छ।