धनपालथान–१ बाट बाढीपहिरो प्रभावितका लागि राहत रकम हस्तान्तरण ।
कोशी आवाज २०८३ भदौ २४ गते बुधबार ।
बिराटनगर । रसुवा लगायत विभिन्न जिल्लामा आएको बाढी–पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले मोरङको धनपालथान गाउँपालिका वडा नं. १ बाट संकलन गरिएको राहत रकम सम्बन्धित निकायमार्फत हस्तान्तरण गरिएको छ।

विपद्का कारण समस्यामा परेका परिवारको दुःखमा साथ दिने उद्देश्यले स्थानीयस्तरमा राहत रकम संकलन गरिएको हो। संकलित रकम सम्बन्धित निकायमार्फत प्रभावित परिवारसम्म पुर्याउने व्यवस्था गरिएको जनाइएको छ।
मानवीय सेवाको यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
विपद्को समयमा एकजुट भएर सहयोग गर्नु नै साँचो मानवता भएको उल्लेख गर्दै अभियानले दुःखमा परेका परिवारलाई सक्दो सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ।
दुःखमा साथ दिनु नै साँचो मानवता हो। एकता र सहयोगले नै विपद्को सामना गर्न सकिन्छ। ❤️🇳🇵
#राहत_संकलन_अभियान #सहयोगी_हातहरू #धनपालथान_१ #मानवीय_सेवा #रसुवा_बाढीपहिरो