श्री पब्लिक माध्यमिक विद्यालयमा एनसीसी तालिमसम्बन्धी कार्यक्रम ।

श्री पब्लिक माध्यमिक विद्यालयमा एनसीसी तालिमसम्बन्धी कार्यक्रम ।

कोशी आवाज २०८३ भदौ ३ गते बुधबार ।

रङ्गेली मोरङ । मोरङको कालापानीस्थित श्री पब्लिक माध्यमिक विद्यालयमा एनसीसी तालिमसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम तथा जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रममा नेपाली सेनाका अधिकृत तथा एनसीसी तालिममा सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूलाई नेपाली सेनाको तालिमअन्तर्गत विभिन्न आधारभूत ज्ञान, अनुशासन तथा व्यवहारिक प्रशिक्षणसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुरेश कुमार श्रेष्ठ रहेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अरविन्द्र कुमार शाह, रङ्गेली नगरपालिका–६ का वडा अध्यक्ष सुजित कुमार मण्डल, इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अशोक कुमार झा, रङ्गेली नगरपालिका शिक्षा शाखा प्रमुख, जनप्रतिनिधि, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यार्थी जीवनमै अनुशासन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको जिम्मेवारीबोध विकास गर्न एनसीसीजस्ता तालिम तथा कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए।

विद्यालयमा सञ्चालन हुने यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवन, नेतृत्व र सामाजिक जिम्मेवारीका विषयमा समेत सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

#KoshiAawaj #NewsUpdate #NCC #ShreePublicSecondarySchool #Rangeli #Morang