सुनवर्षीमा अम्बा टिप्न गएकी ४ वर्षीया बालिकाको ह”त्या, इट्टाले प्रहार गरेको आरोपमा ५९ वर्षीय पक्राउ ।
कोशी आवाज २०८३ श्रावण २१ गते बिहीबार ।
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलमा ४ वर्षीया बालिका कायनात खातुनको ह”त्या प्रकरणमा प्रहरीले ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय जफारुल मियाँकी छोरी कायनात गत साउन ८ गते घर नजिकैको घाँसे बारीमा मृ”त अवस्थामा फेला परेकी थिइन्। घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय प्रहरी कार्यालय रङ्गेलीको टोलीले विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो।
१० दिन लामो अनुसन्धानका क्रममा घटनामा सुनवर्षी–९ कै ५९ वर्षीय जान मोहम्मद मन्सुरीको संलग्नता देखिएपछि उनलाई साउन २० गते उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिका साथीहरूसँग खेल्ने क्रममा मन्सुरीको बारीमा अम्बा टिप्न गएको खुलेको छ। यसअघि पनि स्थानीय बालबालिका सो बारीमा अम्बा टिप्न जाने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मन्सुरीले बालिकामाथि इट्टाले प्र”हार गर्दा उनी ढलेकी र त्यसपछि उनलाई काखमा बोकेर नजिकैको घाँसे बारीमा लगेर फालेको देखिएको छ। घटनापछि बालिकाको शव सोही स्थानमा फेला परेको थियो।
पक्राउ परेका मन्सुरीविरुद्ध कर्तव्य ज्य””न मुद्दामा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।