Alliance Yuwa Club द्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५२ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा ।
कोशी आवाज २०८३ श्रावण २१ गते बिहीबार ।
विराटनगर । Alliance Yuwa Club को आयोजन, विराट भिक्टोरिया मेमोरियल स्कूल (B.V.S. School) को सहयोग तथा विराट मेडिकल कलेज टिचिङ अस्पताल को प्राविधिक सहयोगमा विराटनगर–५, मुनालपथस्थित विराट भिक्टोरिया मेमोरियल स्कूल परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा कुल ३५२ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरअन्तर्गत सामान्य स्वास्थ्य प
रीक्षण, आँखा जाँच, दन्त परीक्षण, ENT (नाक, कान तथा घाँटी) परीक्षण तथा आँखा स्क्रिनिङ लगायतका सेवाहरू विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीबाट प्रदान गरिएको थियो।

शिविरमा सहभागी सेवाग्राहीलाई स्वास्थ्य परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श तथा रोगको प्रारम्भिक पहिचानसम्बन्धी सुझावसमेत प्रदान गरिएको आयोजकले जनाएको छ। स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक बनेको बताइएको छ।
कार्यक्रमको सफलतापछि Alliance Yuwa Club ले समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
शिविर सफल बनाउन महत्वपूर्ण सहयोग पुर्याउने विराट भिक्टोरिया मेमोरियल स्कूल, विराट मेडिकल कलेज टिचिङ अस्पताल, सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, क्लबका सदस्य तथा सहभागी सबैप्रति Alliance Yuwa Club ले हार्दिक आभार व्यक्त गरेको छ।