मोरङमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित मिनी ट्रक र चालक पक्राउ ।

मोरङमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित मिनी ट्रक र चालक पक्राउ ।

कोशी आवाज २०८३ साउन १५ गते शुक्रबार ।

बिराटनगर । मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारे क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले १ हजार ३३.४८४ किलोग्राम तयारी गाँजा सहित एक मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।

शुक्रबार दिउँसो करिब २:३०बजे उर्लाबारी–आमबारी सडकखण्डमा उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा ट्रकको पछाडि धानको भुसाको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएका ३१ वटा पोकामा लुकाइराखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजासहित मिनी ट्रकका चालक धनकुटा जिल्ला, पाख्रीबास नगरपालिका–९, हिले निवासी २८ वर्षीय उमेश तामाङ लाई नियन्त्रणमा लिइएको छ।

उक्त अपरेशन इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बुको नेतृत्वमा १० जना तथा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्डा चुनिबारीका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास भुजेलको नेतृत्वमा १० जनाको संयुक्त टोली ले सञ्चालन गरेको थियो।

पक्राउ परेका चालक, मिनी ट्रक तथा बरामद गाँजा इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।