शान्ति युवा क्लब सातौँ वर्षमा प्रवेश ।
कोशी आवाज २०८३ बैशाख २७ गते आइतबार ।
विराटनगर । शान्ति युवा क्लबले आफ्नो स्थापना भएको ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम आयोजना गरेको छ।

क्लबका अध्यक्ष विपुल चौधरी का अनुसार क्लबले विगत ६ वर्षदेखि समाजसेवा, शिक्षा, स्वास्थ्य, खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। उहाँले कोरोना महामारीका समयमा क्लबले मास्क, सेनिटाइजर तथा खाद्यान्न वितरण गर्दै असहाय तथा विपन्न परिवारलाई सहयोग गरेको जानकारी दिनुभयो।

क्लबले विज्ञान प्रदर्शनी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, निःशुल्क ट्युसन कक्षा, विभिन्न खेलकुद कार्यक्रम, सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर तथा मेडिकल क्याम्प सञ्चालन गर्दै आएको जनाएको छ। हाल क्लबले “एक घर, एक बिरुवा” अभियानमार्फत वातावरण संरक्षणमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको बताइएको छ।
त्यस्तै, क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सव मानव सेवा आश्रम मा मनाउँदै लत्ताकपडा तथा खाद्यान्न सहयोग गर्दै आइरहेको छ। सातौँ वर्ष प्रवेशको अवसरमा केक काटेर विशेष कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा क्लबका उपाध्यक्ष सुरेन कुमार मण्डल, सचिव मनिष सरदार, सहसचिव रितेश कुमार देव, कोषाध्यक्ष सन्दीप शर्मा तथा सदस्यहरू सुषमा कुमार यादव, प्रभा चौधरी र अन्जली कुमार राय लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम भव्य रूपमा सम्पन्न भएको अध्यक्ष विपुल चौधरीले जानकारी दिनुभयो।