सम्पत्ति शुद्धीकरणबारे सञ्चारमाध्यममा आएका समाचार भ्रामक : शेरबहादुर देउवा
सम्पत्ति शुद्धीकरणबारे सञ्चारमाध्यममा आएका समाचार भ्रामक : शेरबहादुर देउवा

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो र परिवारको नाममा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने समाचारप्रति प्रतिक्रिया दिएका छन्।

देउवाले सञ्चारमाध्यममार्फत आएको उक्त जानकारीबारे ध्यानाकर्षण भएको जनाउँदै आफ्नो र परिवारविरुद्ध सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचार भइरहेको बताएका छन्।

उनले नेपाल कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिसकेको स्पष्ट पारे।

देउवाले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको दाबी गरेका छन्।

भ्रष्टाचार नियन्त्रणका लागि आफूले खेलेको भूमिकासमेत स्मरण गराउँदै उनले २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नो प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएको उल्लेख गरे।

हाल स्वास्थ्य उपचारका लागि आफू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी दिँदै उनले वास्तविकता समयक्रमसँगै बाहिर आउने बताए।

साथै, उनले अतिरञ्जित र अपुष्ट विवरणबाट भ्रममा नपर्न सर्वसाधारणलाई अपिल गरेका छन्।