मोरङ–२ मा १७ जनाको उम्मेदवारी दर्ता ।

मोरङ–२ मा १७ जनाको उम्मेदवारी दर्ता ।

कोशी आवाज २०८२ माघ ७ गते बुधबार ।

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृत रुद्र आचार्यका अनुसार मोरङ–२ मा नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट रंगेली नगरपालिकाका मेयर दिलिपकुमार अग्रवाल उम्मेदवार बनेका छन्।

यसैगरी अन्य दलबाट पनि उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय ऊर्जाशील पार्टीबाट मनोजकुमार राजवंशी, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण कार्की, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कंशराज राजवंशी, जनमत पार्टीबाट घनश्याम चौधरी र मंगोल नेशनल अर्गनाइजेशनबाट धनबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन्।

यस्तै राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, राष्ट्रिय मुक्ति पार्टीबाट माधवप्रसाद राजवंशी, नेकपा माओवादीबाट मेघेन्द्रकुमार रोक्का तथा जनता समाजवादी पार्टीबाट विनोदकुमार सिंह गनगाईले उम्मेदवारी दर्ता गराएका छन्।

मोरङ–२ मा ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारहरूमा अनिलकुमार शाह, नरेशकुमार शाह, बुधु ऋषिदेव र राजन निरौला रहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा मोरङ–२ मा चुनावी प्रतिस्पर्धा चर्किने देखिएको छ।