खैरो हिरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ ।
कोशी आवाज २०८२ पुस २६ गते सनिवार ।
मोरङ । जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. १७ स्थित आईसीपी रोडमा इलाका प्रहरी कार्यालय रानी तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले शंकास्पद रूपमा भारतीय नम्बर प्लेटको BR38AP 9049 नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा पछाडि सवार भारत बिहार राज्य, अररिया जिल्ला खैरा खगरा–०४ बस्ने १९ वर्षीय राजकुमार साहको साथबाट DEVGANDH लेखिएको धुपको बट्टाभित्र लुकाई–छिपाई राखिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ १०४ ग्राम बरामद गरेको हो।
प्रहरीले मोटरसाइकल चालक भारत अररिया बस्ने २० वर्षीय सेठु कुमार र पछाडि सवार २० वर्षीय रोशन कुमार समेत तीनै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी ले जनाएको छ।