बबिया बिर्ता युवा क्लबको टोल स्तरीय फुटबल प्रतियोगिताः सगरदिना टिम फाइनलमा स्थान सुनिश्चित।
कोशी आवाज २०८२ पुष २६ गते शुक्रबार।
मोरङ । बबिया बिर्ता युवा क्लबद्वारा आयोजित टोल स्तरीय फुटबल प्रतियोगिताको आजको पहिलो सेमिफाइनल खेलमा सगरदिना टिमले जित हासिल गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
खेलको पहिलो हाफमा बैठारका जर्सी नं. ९ का विकेश मर्डीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा सगरदिनाका जर्सी नं. १४ का राजिव माझीले गोल गर्दै टिमलाई खेलमा फर्काउन सफल भए। निर्धारित ३५/३५ मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्रायबेगरमा पुगेको थियो।
ट्रायबेगरमा सगरदिनाका टिमले ४ गोल गर्न सफल भयो भने १ गोल गोलपोष्टमा लागेको थियो। बैठार टिमले ३ गोल गर्दा १ गोल सगरदिनाका गोलकिपरले सेफ गरेका थिए भने १ गोल पोष्टमा लागेको थियो।
आजको खेलको म्यान अफ द म्याच सगरदिनाका जर्सी नं. १३ का निखिल माझी घोषित भए र क्लबका पदाधिकारी तथा खेल संयोजकबाट सम्मानित गरिएका थिए।
सूचना अनुसार, भोलि दोस्रो सेमिफाइनल खेल बबिया बनाम बेहोलुवा बीच दिउँसो २ बजे हुने जनाइएको छ।
बबिया बिर्ता युवा क्लब, रङ्गेली–१, मोरङ