कोशी प्रदेशका १० नवनियुक्त मन्त्रीले लिए शपथ ।

कोशी प्रदेशका १० नवनियुक्त मन्त्रीले लिए शपथ ।

कोशी आवाज २०८२ पुष २२ गते मंगलवार ।

विराटनगर । कोशी प्रदेश सरकारमा नवनियुक्त १० जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेपछि उनीहरूले शपथ लिएका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका थिए।

शपथ लिने मन्त्रीहरूमध्ये नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्रीमा भीम पराजुली, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा इस्राइल मन्सुरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा शोभा चेम्जोङ रहेका छन्।

यस्तै नेकपा (एमाले)बाट खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिला तथा कानून मन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिला तथा योजना मन्त्रीमा विदुरकुमार लिंथेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा उमाकान्त गौतमले शपथ लिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।