जसपा नेपाल र लोसपा नेपालबीच एकता गर्ने निर्णय।

जसपा नेपाल र लोसपा नेपालबीच एकता गर्ने निर्णय।

कोशी आवाज २०८२ पुष १२ गते आइतबार ।

मोरङ । मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण गर्ने निर्णय भएको छ।


काठमाडौंमा बसेको दुवै दलका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको संयुक्त बैठकले एकता गर्ने निर्णय गरेको हो। एकीकरणसम्बन्धी सहमति पत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर ले हस्ताक्षर गरेका छन्।

वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै मधेशवादी शक्तिलाई एकीकृत गरी बलियो राजनीतिक विकल्प प्रस्तुत गर्ने उद्देश्यले एकताको निर्णय लिइएको सहमति पत्रमा उल्लेख गरिएको छ।
दुवै दलको एकताले मधेशको राजनीतिक आन्दोलनलाई थप सशक्त बनाउने तथा आगामी राजनीतिक कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने नेताहरूले बताएका छन्।