प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा भेट
कोशी आवाज २०८२ पुस ६ गते आइतबार ।
मोरङ । आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा सम्पन्न भेटमा देशको समसामयिक राजनीतिक अवस्था तथा वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ।
भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहभागी थिए। उच्चस्तरीय राजनीतिक संवादलाई अर्थपूर्ण रूपमा हेरिए तापनि भेटका ठोस एजेन्डा सार्वजनिक गरिएको छैन।