काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी त्रिपक्षीय छलफल भइरहँदा बाहिर भने केही युवाहरूले विरोध जनाएका छन्।
छलफलमा सहभागी जेनजी प्रतिनिधिको सूचीप्रति असन्तुष्टि जनाउँदै उनीहरूरुले प्रधानमन्त्री निवास बाहिर विरोध जनाएका हुन्। उनीहरूले छलफलमा सहभागीहरूरु जेनजीप्रति नै प्रश्न उठाएका छन्।
पहुँचका भरमा केही युवाहरूलाई मात्रै छानेर छलफलमा सहभागी गराइएको उनीहरूको आरोप छ। त्यस्तै उनीहरूले बालुवाटारभित्र जेनजी युवाहरूसँग हुने छलफलको प्रत्यक्ष प्रसारणको मागसमेत गरेका छन्। जेनजी युवाहरूले अघि सारेका मुद्दाहरूमाथि कुनै हालतमा सम्झौता नगर्न उनीहरूले सुझाव दिएका थिए।