मोरङमा सादा पोसाकका प्रहरीको जिम्मेवारी खोसियो।

मोरङमा सादा पोसाकका प्रहरीको जिम्मेवारी खोसियो

कोशी आवाज २०८२ असोज ३१ गते शुक्रबार ।

मोरङ । मोरङका विभिन्न स्थानमा लामो समयदेखि परिचालित सादा पोसाकका प्रहरी (घुमुवा) को जिम्मेवारी खोसिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार अब सबै घुमुवा प्रहरीहरूलाई युनिफर्ममै काम गर्नुपर्ने भएको हो।

अवैध गतिविधि, तस्करी र ‘सेटिङ’मा संलग्न रहेको गुनासोपछि सुरु गरिएको ‘रिफर्म अभियान’ अन्तर्गत प्रहरी नायब निरीक्षक (प्रनानि) भुवन श्रेष्ठसहित दर्जनौँ घुमुवा प्रहरीलाई विभिन्न युनिटमा सरुवा गरिएको बताइिएको छ।

एसपी कटुवालले भने, “अब मोरङमा कुनै पनि प्रहरी सादा पोसाकमा परिचालित हुने छैनन्। विशेष कामका लागि मात्र अस्थायी रूपमा सादा पोसाक प्रयोग गर्न दिइनेछ।”

तर विराटनगर, रानी, सिजुवा र रङ्गेलीका केही प्रहरी अझै पुरानै जिम्मेवारीमा सादा पोसाकमै कार्यरत रहेको स्रोतले जनाएको छ।