बुढीगंगामा मोटरसाइकल दुर्घटना, दुई घाइते ।

बुढीगंगामा मोटरसाइकल दुर्घटना, दुई घाइते ।

कोशी आवाज २०८२ असोज १ गते बुधबार ।

मोरङ रङ्गेली । बुढीगंगा गाउँपालिका–५ हात्तिचौकस्थित भित्री सडक खण्डमा सोमबार एक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

पोठियाबाट हात्तिचौक तर्फ जाँदै गरेको को ६ प ८२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३६ वर्षीय गुला देवता बचन्द माझी र सोही मोटरसाइकलमा पछाडि सवार २९ वर्षीय भागेश्वर माझी घाइते भएका हुन्।

दुर्घटनामा चालक माझीको अनुहारमा चोट लागेको छ भने पछाडि सवार माझीको दाहिने हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीको टोलीले दुबै घाइतेलाई उद्धार गरी उपचारका लागि बिराट टिचिङ अस्पताल, गंगाचोक पठाएको हो।

प्रहरीका अनुसार दुवै घाइतेको अवस्था सामान्य रहेको छ भने दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ।