बिराटनगरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते ।
बिराटनगरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते ।

कोशी आवाज २०८२ भदौ १९ गते बिहीबार ।

विराटनगर । विराटनगर महानगरपालिका–११ बसपार्कस्थित कोशी लोकमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १–०२–०५० प ८४१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ३७२५ नम्बरको मोटरसाइकल ठोक्किँदा ३७२५ नम्बरको मोटरसाइकल चालक, विराटनगर–१३ बस्ने सत्यम श्रेष्ठ दाहिने हात र खुट्टामा चोटपटकसहित घाइते भएका छन्। सोही मोटरसाइकलमा पछाडि सवार विराटनगर–११ का सक्षम श्रेष्ठको हात, खुट्टा र टाउकोमा चोट लागेर दुवै जनालाई उपचारका लागि सप्तकोशी अस्पताल, विराटनगरमा भर्ना गरिएको छ। दुवैको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल तथा प्र १–०२–०५० प ८४१ नम्बरको मोटरसाइकल चालक, विराटनगर–२ बस्ने २८ वर्षीय सुमन कामतलाई वडा प्रहरी कार्यालय विराटनगरको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।