बेलबारीमा मोटरसाइकल दुर्घटना ।
बेलबारीमा मोटरसाइकल दुर्घटना ।

कोशी आवाज २०८२ भदौ १७ गते मंगलबार ।

मोरङ,रङ्गेली । बेलबारी नगरपालिका–१ माईलस्टोन बोर्डिङ स्कुल अगाडि भित्री सडक खण्डमा बुधबारेबाट वेलबारीतर्फ जाँदै गरेको को १० प ५४१५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको ग्रामथान गाउँपालिका–६ निवासी २२ वर्षीय अख्तर महमद घाइते भएका छन्। उनको ओठ, दुबै हात–खुट्टा र छातीमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते महमदलाई तत्कालै उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको हो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा परेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।