

रतुवामाईमा डा. मिनेन्द्र रिजालसहित कांग्रेस नेताहरूको भेटघाट कार्यक्रम सम्पन्न । कोशी आवाज २०८२ भदौ १६ गते सोमबार
मोरङ रङ्गेली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री डा. मिनेन्द्र रिजालले मोरङ क्षेत्र नं. २ अन्तर्गत रतुवामाई नगरपालिका क्षेत्रमा कांग्रेस नेताकार्यकर्तासँग भेटघाट गरेका छन्।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका नेता गोपाल मान सिंह भण्डारी, रतुवामाई नगरपालिकाका मेयर नागेश्वर सिंह, मोरङ क्षेत्र नं. २ का नेता यज्ञ कार्की, महासमिति सदस्य खड्क चोङ माङ, नगर सभापति पोस्ट बस्नेत, महाधिवेशन प्रतिनिधि जीवन पनेरु, तरुण दलका केन्द्र सदस्य विकास शिवाकोटी लगायतको उपस्थितिमा स्थानीय नेता तथा कार्यकर्ताहरूसँग संगठन सुदृढीकरण तथा समसामयिक विषयमा छलफल गरिएको थियो।
नेताहरूले मुलुकको वर्तमान राजनीतिक परिस्थिति, कांग्रेस संगठनलाई थप गतिशील बनाउनुपर्ने आवश्यकता र आगामी दिनमा जनताका मुद्दामा पार्टी सक्रिय रहनुपर्ने विषयमा जोड दिएका थिए।
भेटघाट कार्यक्रममा सहभागी स्थानीय कार्यकर्ताहरूले पार्टी नेतृत्वसमक्ष रतुवामाई क्षेत्रका विकास, पूर्वाधार तथा जनजीविकासँग सम्बन्धित विविध सुझाव तथा मागहरू राखेका थिए ।