पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल मोरङ क्षेत्रमा सक्रिय, व्यापक जनसम्पर्क अभियान सञ्चालन ।

पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल मोरङ क्षेत्रमा सक्रिय, व्यापक जनसम्पर्क अभियान सञ्चालन

कोशी आवाज २०८२ भदौ १४ गते शनिबार ।

मोरङ रङ्गेली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल पछिल्ला दिनमा आफ्नो निर्वाचन क्षेत्र मोरङ–२ मा व्यापक जनसम्पर्क अभियान सञ्चालन गरिरहेका छन्। यसै क्रममा उनी रङ्गेली नगरपालिका–३ मा आम सर्वसाधारण, पार्टी नेता तथा कार्यकर्तासँग भेटघाटमा सहभागी भए।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–२ बाट निर्वाचित भई रक्षामन्त्रीसमेत बनेका डा. रिजाल हाल निरन्तर कार्यकर्ता र नागरिकसँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। उनले विभिन्न टोल–टोलमा पुगेर पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहमा भइरहेका समस्या र विकासका आवश्यकता सम्बन्धी जानकारी लिइरहेको जनाइएको छ।

मोरङका नेता गोपाल मानसिंह राज भण्डारीका अनुसार डा. रिजालले भेटघाटका क्रममा कार्यकर्तासँगै सर्वसाधारण नागरिकसँग पनि प्रत्यक्ष छलफल गर्दै सुझाव संकलन गरिरहेका छन्। यस क्रममा पार्टी संगठनलाई अझ सुदृढ बनाउने उपायहरूबारे समेत छलफल भएको छ।

डा. रिजालले नियमित रूपमा कार्यकर्तासँग भेटघाट जारी राख्ने तथा जनताको मुद्दा, विकासका आवश्यकता र समस्या समाधानका लागि सक्रिय भूमिका खेल्ने योजनामा रहेको बताएका छन्।