

डाइनियामा लागु औषध सहित दुई जना पक्राउ ।
कोशी आवाज २०८२ सावन २ गते शुक्रबार ।
मोरङ, सुनवर्षी। सुनबर्षी नगरपालिका वार्ड नं. ९, डायनिया स्थित हुलाकी सडक खण्डमा आज राति ६:३० बजेको समयमा एक विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागु औषध व्युरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतीय नागरिक सद्दाम हुसेन (३२ वर्ष) र शेर मोहमद (३२ वर्ष) छन्। उनीहरु भारतीय बिहार प्रदेश सिक्टी ग्राम पंचायत वार्ड नं. १३ र अररिया जिल्ला सिक्टी ग्राम पंचायत वार्ड नं. ६ रहनीकट्टा निवासी हुन्।
संयुक्त प्रहरी टोलीले मोटरसाइकल (BR37AC6795) मा चढेको अवस्थामा चेकजाँच गर्दा शेर मोहमदको साथबाट ६६.१८ ग्राम लागु पदार्थ खैरो हेरोईन र प्लाष्टिक बाहेक ६३.१० ग्राम लागु औषधबरामद गरेको हो।दुबै जनालाई र मोटर साईकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख निरीक्षक नरेन्द्र बोगटीले यस बारेमा जानकारी दिए।
यस घटनाले लागु औषधको बिरुद्धको लडाईमा प्रहरीले सक्रियता देखाएको प्रमाणित गर्दछ। हालको अवस्थामा प्रहरीले अनुसन्धान जारी राखेको छ।