बाहिर हल्ला गरेजस्तो अवरुद्ध भयो भन्ने होइन । भारतले काँडेतार लगाएको छ र ?’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हल्ला भएको जस्तो भारत र नेपालबिचको उच्चस्तरीय भ्रमण अवरुद्ध नभएको स्पष्ट पारेका छन् । शनिबार थाइल्याण्ड भ्रमण सकेर त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

कोशी आवाज

चैत्र २३ गते

उनले भने, ‘भारत भ्रमण असम्भव कुरा थिएन । कतिपय कारणले हुन नपाएको मात्र हो । बाहिर हल्ला गरेजस्तो अवरुद्ध भयो भन्ने होइन । भारतले काँडेतार लगाएको छ र ?’

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
‘सगरमाथा संवादअघि दुई देशबिचको भ्रमण हुन्छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘वास्तवमा हामी नै अलिकति व्यस्त छौँ । सगरमाथा संवादलगायत कार्यक्रमहरू छन् । हाम्रै तर्फबाट भ्याऔँ र भारतसँग कुराकानी गर्‍यो भने हुनसक्छ ।’