

रङ्गेली नगरपालिका आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न ।
कोशी आवाज २०८२ असार २८ गते शनिबार।
मोरङ रंगेली । रङ्गेली नगरपालिकाको विकास र प्रशासनिक व्यवस्थापनका लागि महत्वपूर्ण ११ बुँदे सहमति गरेको छ।
(१) रंगेली नगरपालिकाको वडा नं ७ मा रहेको वनलाई संरक्षण गरी व्यवस्थित बनाउन डिभिजन बन कार्यालयको समन्वयमा प्रक्रिया पुर्याई समिति गठनको कार्य अघि बढाउने सर्वसहमतिले निर्णय गरियो।
(२) रंगेली नगरपालिकामा रहेको सामुदायीक वनमा रहेका सुकेका तथा ढलेका रुखहरुको उपयोगिता रहेको नदेखिएको र उक्त रुखहरुले वनको सौन्दर्यता कम गर्ने तथा जोखिम बढाउने भएकोले डिभिजन वन कार्यालयको समन्वयमा सुकेका तथा ढलेका रुखहरु तिरुपति आर्यघाटलाई निःशुल्क प्रदान गर्न अनुरोध गर्ने सर्वसहमत निर्णय गरियो। साथै आर्यघाटले काठको प्रयोग अन्य कार्यमा प्रयोग गर्न नपाउने समेत निर्णय गरियो।(३) खानेपानी तथा सरसफाई नियमावली २०८१ वमोजिम खानेपानी उपभोक्ता समितिहरुलाई समयसीमा भित्र सूचिकृत गर्न नगरपालिकावाट पत्राचार गरी खानेपानी समितिहरुलाई प्रचलित कानुन बमोजिम व्यवस्थापन गर्ने सर्वसहमतिले निर्णय गरियो।
(४) रंगेली नगरपालिका भित्र सामाजिक, शैक्षिक, धार्मिक-सांस्कृतिक तथा सार्वजनिक प्रयोजनमा लामो समय देखि सरकारी जग्गा भोगचलन गरिरहेका संगठित संघ संस्थाहरुले भोगेको जग्गाको सम्बन्धित संघ संस्थावाट फिल्ड भोग प्रमाणित नक्सा नगरपालिकाबाट प्रमाणित गरी सम्बन्धित निकायहरुलाई जानकारी गराउने सर्वसहमतिले निर्णय गरियो।
(५) शिक्षा सुधारको लागि तहगत प्रधानाध्यापकको व्यवस्था गर्ने, शिक्षक दरवन्दी मिलान गर्ने, रंगेली नगरपालिकाको विद्यालयमा अध्यापन गराइरहेको शिक्षक सोही वडाको वासिन्दा भएमा निजलाई अर्को वडाको विद्यालयमा आन्तरिक सरुवाको व्यवस्था मिलाउने तथा विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई नजिकको अर्को विद्यालयमा मर्ज गर्ने प्रक्रिया अघि बढाउने सर्वसहमत निर्णय गरियो।
(६) हाल नदीजन्य पदार्थ उत्खननको कार्य वन्द रहेको अवस्थामा विपद्धन्य कार्यमा मर्मत गराउनुपर्ने अवस्थामा खोलालाई च्यानलाइज गरी नगरपालिकाले IEE गरेको खोला क्षेत्रको भुभागवाट भरौट नगरपालिका आफैले निकाली पुलको एप्रोच र बाटाघाटाको खाडल पुर्ने तथा अन्य विपद् रोकथामका कार्यमा उक्त भरौट प्रयोग गर्ने सर्वसहमत निर्णय गरियो।
(७) नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन अनुसार स्थानीयतह भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा र संरचनाहरुको संरक्षण स्थानीय तहले गर्नुपर्ने भएकोले रंगेली नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा तथा संरचनाहरुको खोज अध्ययन गरी त्यसको संरक्षण रंगेली नगरपालिकाबाट गर्ने गराउने सर्वसहमत निर्णय गरियो।
(८) भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको काम अघि बढाउन आवश्यक रहेको भूमि सम्बन्धी कानुन बमोजिम गठन हुने सहजीकरण समितिलाई पूर्णता दिन वाँकी रहेका दलबाट प्रतिनिधी माग गर्ने निर्णय गरियो।
(९) विविध विषयको सम्बन्धमा देहाय बमोजिम गर्ने सर्वसहमत निर्णय गरियो।
क) किसानहरुले भोगेको रासायनिक मलको समस्यालाई कम गर्न जिल्ला प्रशासन कार्यालय, मोरङमा हाल कायम रहेको मलको कोटालाई वृद्धि गर्न अनुरोध गर्ने,
ख) मलंगथान सिमसार संरक्षण सम्वन्धमा सम्बन्धित क्षेत्रका किसानहरु, राजनैतिक दलहरु तथा जनप्रतिनिधीहरुको संयुक्त बैठक मिति २०८२ श्रावण ७ गते दिनको १ वजे वस्ने।
ग) रंगेली ६ को माझी टोलका झाडापखालाबाट प्रभावित विमा सुविधा नभएका नागरिकहरुको रंगेली नगर पालिकाबाट निःशुल्क उपचारको व्यवस्थापन गर्ने।
आजको सर्वदलीय बैठक माथि उल्लेखित विषयरूरुमा निर्णय गर्दै सौहार्दपूर्ण रुपमा सम्पन्न गरियो।