रङ्गेली–५ मा जीर्ण भगवती मन्दिर पुनर्निर्माणका लागि बृहत् श्रीमद्भागवत महापुराण आयोजना ।

रङ्गेली–५ मा जीर्ण भगवती मन्दिर पुनर्निर्माणका लागि बृहत् श्रीमद्भागवत महापुराण आयोजना ।

कोशी आवाज २०८३ असोज २० गते मङ्गलबार ।

बिराटनगर । रङ्गेली नगरपालिका–५ मा रहेको ऐतिहासिक तथा पौराणिक भगवती मन्दिरको संरक्षण तथा पुनर्निर्माणका लागि बृहत् श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ।

स्थानीयका अनुसार लामो समयदेखि धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको भगवती मन्दिर अहिले संरक्षणको अभाव तथा समयको अन्तरालसँगै जीर्ण अवस्थामा पुगेको छ। मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वलाई संरक्षण गर्दै भव्य पुनर्निर्माण तथा समग्र विकास गर्ने उद्देश्यले स्थानीय सरोकारवाला र भक्तजनहरूको सक्रियतामा धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको हो।

आयोजक समितिका अनुसार महापुराणबाट संकलन हुने रकम मन्दिरको जीर्णोद्धार, पुनर्निर्माण तथा विकासका लागि खर्च गरिनेछ। यस अभियानमा स्थानीयवासी, धर्मानुरागी तथा भक्तजनहरूको सहयोग र सहभागिताका लागि आयोजकले अपिल गरेको छ।

महापुराणको शुभारम्भ २०८३ साल असोज २५ गते हुनेछ। सोही दिन बिहान शुभ साइतमा भव्य कलश यात्रा समेत आयोजना गरी महापुराणको उद्घाटन गरिने आयोजक समितिले जनाएको छ।

महापुराण रङ्गेली नगरपालिका–५ स्थित भगवती मन्दिर परिसरमा आयोजना हुनेछ।

ऐतिहासिक धार्मिक सम्पदाको संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त धार्मिक अनुष्ठानमा भौतिक, आर्थिक, नैतिक तथा आध्यात्मिक सहयोग गर्न आयोजक समितिले सबैमा आग्रह गरेको छ।

आयोजक:
श्रीमद्भागवत महापुराण आयोजक समिति
तथा समस्त रङ्गेली नगरपालिका–५ वासी, मोरङ