जहदाबाट ८४ किलो ८५० ग्राम गाँजा बरामद ।

जहदाबाट ८४ किलो ८५० ग्राम गाँजा बरामद ।

कोशी आवाज २०८३ असोज १९ गते सोमबार।

मोरङ । मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले ८४ किलो ८५० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ मातहतको बीओपी तारिगामाबाट खटिएको टोलीले जहदा गाउँपालिका–१, कुडरियास्थित धान खेत तथा सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो। बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।