ज्ञानेन्द्र शाही : नेपाली मारिँदा संवैधानिक आयोग मौन रहन्छ भने त्यो संवैधानिक आयोगको कुनै काम छैन।

माननीय सांसद ज्ञानेन्द्र शाहीले भनाइ
कोशी आवाज २०८२बैशाख १८ गते बिहीबार

काठमाडौ। सांसद ज्ञानेन्द्र शाहीको भने’ इराकमा हत्या गरिएका १२ जना नेपालीको कुरा होस् या इजरायलमा प्यालेस्टानीद्वारा हत्या गरिएका १० जना नेपालीको कुरा होस् वा हिन्दु हो भन्दै भारतको जम्मु कश्मिरमा हत्या गरिएका सन्दिप न्यौपानेको कुरा होस्। नेपालीलाई हत्या गर्ने जोसुकै होस् म हत्याराका विरुद्धमा छु। म एक्लै भएपनि हत्याराका विरुद्धमा खडा हुन्छ
तर एउटा कुरो यदि यो सबै धर्मको देश हो भने कुनै एक धर्मको मात्र संवैधानिक आयोग किन छ ? संवैधानिक आयोग नै बनाउने हो भने बुद्धिस्ट आयोग बनाउँ। किरातँ आयोग बनाउ हिन्दु आयोग बनाउ सबैलाई समान बनाउ होइन भने एकाध धर्मको आयोग बनाउनुपर्ने कुनै कारण छैन।
जब नेपाली मारिँदा संवैधानिक आयोग मौन रहन्छ भने त्यो संवैधानिक आयोगको कुनै काम छैन।