झापामा १ करोड १६ लाखभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद, ४८५ बोरा नियन्त्रणमा।

झापामा १ करोड १६ लाखभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद, ४८५ बोरा नियन्त्रणमा।

कोशी आवाज २०८३ मङ्सिर १२ गते सनिवार ।

बिराटनगर । झापा र इलाम जिल्लाको सिमानामा पर्ने मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गल क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा फर्सीको बियाँ बरामद गरेको छ।

बिओपी बाहुण्डाँगीबाट खटिएको मोबाइल गस्ती टोलीबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो।

बरामद गरिएको फर्सीको बियाँको कुल तौल १९ हजार ४०० केजी रहेको छ भने यसको अनुमानित मूल्य १ करोड १६ लाख ४० हजार रुपैयाँ रहेको छ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकडभिट्टाको भण्डारण गृहमा राखिएको छ। उक्त सामग्री सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।