रङ्गेलीमा खैरो हेरोइनसहित एउटै परिवारका बुवाआमा र छोरासहित तीन जना पक्राउ ।
कोशी आवाज २०८३ मङ्सिर १ गते मंगलवार ।
बिराटनगर । मोरङको रङ्गेली नगरपालिका–४, बोका चोपडाबाट प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर) सहित एउटै परिवारका तीन जनालाई पक्राउ गरेको छ।
प्रारम्भिक जानकारीअनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत अररिया जिल्लाका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती शकुन्तला पासवान र करिब २२ वर्षीय छोरा करण पासवान रहेका छन्।
उनीहरूको साथबाट करिब २९.४८० मिलिग्राम खैरो हेरोइन बरामद भएको बताइएको छ। उनीहरूलाई बक्राहा खोलाको काँसघारी क्षेत्रमा जिपरसहित पक्राउ गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
पक्राउ परेका तीनै जनाको मेडिकल जाँचपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी