दसैँमा नयाँ नोट साट्ने सास्ती अन्त्य, एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट 

दसैँमा नयाँ नोट साट्ने सास्ती अन्त्य, एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट 

कोशी आवाज २०८३ असोज २१ गते बुधबार

विराटनगर । दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सहज रूपमा उपलब्ध गराउने तयारी गरेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएममार्फत १०० रुपैयाँ दरका नयाँ नोट वितरण गर्न निर्देशन दिएको छ।

यसअघि चाडपर्वका बेला नयाँ नोट साट्न बैंकका काउन्टरमा घन्टौँ लाइन बस्नुपर्ने बाध्यता रहँदै आएको थियो। एटीएमबाटै नयाँ नोट निकाल्न सकिने व्यवस्था भएपछि सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाले चाडपर्वका समयमा हुने नगद कारोबारलाई थप सहज बनाउने र नयाँ नोट वितरणमा हुने भीडभाड तथा झन्झट कम गर्ने विश्वास गरिएको छ।