महोत्तरीमा १२ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद ।

महोत्तरीमा १२ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद ।

कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीबाट खटिएको गाडी मोबाइल टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब रु. १२ लाख २४ हजार बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार २०८३ असोज २१ गते महोत्तरीको रामगोपालपुर नगरपालिका–७, टिकुलियास्थित सीमावर्ती क्षेत्रबाट कपडा, चप्पल, अटो तथा मोटरसाइकलसहितका सामान बरामद गरिएको हो।

भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका उक्त सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामानको कुल मूल्य रु. १२ लाख २४ हजार रहेको बताइएको छ।