कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रथम नामावली प्रकाशित ।

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रथम नामावली प्रकाशित ।

कोशी आवाज २०८३ असोज २० मङ्गलबार ।

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि/मतदाताको प्रथम नामावली प्रकाशित गरेको छ।

कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौंमा असोज १६ देखि २२ गतेसम्म हुने महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको हो। छुट भएका नामहरू अन्तिम नामावली प्रकाशनका क्रममा समावेश गरिने जनाइएको छ।

प्रकाशित मतदाता नामावलीमा दाबी–विरोध असोज २० गते बिहान ९:३० बजेसम्म गर्न सकिनेछ। सोही दिन बिहान ९:३० देखि १०:३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ।

निर्वाचन समितिका अनुसार अन्तिम मतदाता नामावली असोज २० गते बिहान ११:३० बजे प्रकाशन हुनेछ। यस्तै, उम्मेदवारीका लागि मनोनयन दर्ता फाराम वितरण बिहान १० बजेबाट सुरु हुनेछ भने मनोनयनपत्र दर्ता दिउँसो १२:३० देखि ४ बजेसम्म हुनेछ।

कांग्रेसले सम्बन्धित महाधिवेशन प्रतिनिधि तथा मतदातालाई तोकिएको समयभित्र दाबी–विरोध र उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।