धनपालथान–५ बैरियामा रास्वपाको टोल समिति गठन।

धनपालथान–५ बैरियामा रास्वपाको टोल समिति गठन।

कोशी आवाज २०८३ असोज १९ गते सोमबार ।

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङले धनपालथान गाउँपालिका–५, बैरियामा टोल समिति गठन गरेको छ।

रास्वपा टोल समिति गठन कार्यक्रम रास्वपा सभापति राज सरदारको अध्यक्षता तथा धनपालथान गाउँपालिकाका संस्थापक सभापति दिपेश शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा जनताको आवाजलाई प्राथमिकतामा राख्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र सकारात्मक राजनीतिक परिवर्तनका लागि स्थानीय तहबाटै संगठनलाई बलियो बनाउने विषयमा जोड दिइएको थियो।त्यस्तै, जनतासँग प्रत्यक्ष जोडिएर स्थानीय समस्या पहिचान गर्ने, जनताका गुनासा तथा आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्‍याउने र जिम्मेवार तथा पारदर्शी राजनीतिक संस्कार निर्माण गर्ने उद्देश्यसहित संगठन विस्तारलाई अघि बढाउने बताइएको छ।नवगठित टोल समितिको संयोजकमा रिता देवी सरदार, सह–संयोजकमा निर्मला रिसिदेव र सचिवमा राधा देवी सरदार चयन भएका छन्।त्यस्तै, सदस्यहरूमा सुनरी सरदार, आमावती सरदार, देवकी सरदार, सेखा सरदार, ललिता सरदार र राजो सरदार चयन भएका छन्।