धनपालथान–७ मा प्रदीप मण्डलको नेतृत्वमा ४१ जना रास्वपामा प्रवेश

धनपालथान–७ मा ४१ जना रास्वपामा प्रवेश, राष्ट्रिय ऊर्जाशील पार्टीको सिंगो टिम पनि समाहित।

कोशी आवाज २०८३ असोज १७ गते शनिबार

विराटनगर । धनपालथान गाउँपालिका–७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ४१ जना प्रवेश गरेका छन्। समाजसेवी तथा युवा नेता एवं रास्वपाका सक्रिय सदस्य प्रदीप कुमार मण्डलको नेतृत्वमा विभिन्न व्यक्तिहरू रास्वपामा प्रवेश गरेका हुन्।कार्यक्रममा राष्ट्रिय ऊर्जाशील पार्टी धनपालथान–७ का अध्यक्षसहित सिंगो टिम नै रास्वपामा प्रवेश गरेको आयोजकले जनाएको छ।पार्टी प्रवेश कार्यक्रममा रास्वपा मोरङ क्षेत्र नं. ५ का सभापति गणेश राय, धनपालथान गाउँपालिका सभापति कल्याण पन्त, उपसभापति कृष्ण प्रसाद राय, सचिव वसिकुर रहमान, पालिका सदस्यहरू शिवहरि शर्मा र राजेश चौधरी लगायतको उपस्थिति थियो।त्यस्तै, धनपालथान–४ का सभापति सोनु जी, वडा नं. ३ का सभापति राजेन्द्र मण्डल, वडा नं. ७ का सभापति दिपक कुमार मण्डल, उपसभापति पंकज कुमार यादव तथा सचिव दिपक धर्मेश वरहि ठाकुर लगायत अतिथिहरूको सहभागिता रहेको थियो।पार्टी प्रवेश गर्ने नयाँ सदस्यहरूलाई रास्वपाका नेताहरूले स्वागत गर्दै संगठन विस्तारसँगै स्थानीय तहमा जनताको समस्या र सरोकारका विषयमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।