विराटनगर । राटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको रोटरी डाउनटाउन ट्रेड फेयर–२०२६ भव्यरुपमा सम्पन्न भएको छ ।
कोशी आवाज २०८३ श्रावण २४ गते आइतबार ।
बिराटनगर । साउन २२ देखि २३ गतेसम्म सम्पन्न डाउनटाउन ट्रेड फेयर कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विराटनगरस्थित सिटी प्यालेसमा उद्घाटन गरेका थिए ।
क्लबकी अध्यक्षसरिता गोल्छा तथा ट्रेड फेयर संयोजक मधु काबराले मेलाको उद्देश्य महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्दै महिला उद्यमीहरूलाई आफ्ना उत्पादन तथा व्यवसाय विस्तार गर्ने अवसर प्रदान गर्नुका साथै रोटरीका सात प्राथमिकता अन्तर्गत सञ्चालन हुने सामाजिक तथा मानवीय सेवामूलक परियोजनाका लागि कोष संकलन गर्नु रहेको बताए ।
दुईदिने मेलामा नेपालका विभिन्न स्थानबाट आएका उद्यमीहरूको लुगा, गरगहना, कस्मेटिक्स, खाद्य सामग्री, राखीलगायतका ५३ वटा स्टलहरू रहेका थिए।
दुई दिनमा २ हजार बढी दर्शक तथा आगन्तुकले मेलाको अवलोकन गरेका थिए। पहिलो दिन आयोजित गायन प्रतियोगिता तथा दोस्रो दिनको लाइभ म्युजिक कार्यक्रममा वैश, अनितेश र श्रवणको आकर्षक प्रस्तुति रहेको थियो, जसले दर्शकलाई भरपूर मनोरञ्जन गरायो।
अध्यक्ष रोटेरियन सरिता गोल्छाले मेला सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण सहभागी, प्रायोजक, उद्यमी, कलाकार, सञ्चारकर्मी, आगन्तुक तथा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छिन् ।