देवानगञ्ज घटना : भारतीय सीमामा ४ जना पक्राउ ।
कोशी आवाज २०८३ श्रावण २४ गते आइतबार ।
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गत जुलाई २६ मा भएको हिंसात्मक घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाइएको छ।
शनिबार भारतीय सीमा क्षेत्रमा प्रवेश गर्ने क्रममा घटनासँग सम्बन्धित रहेको आशंका गरिएका ४ जनालाई भारतीय फुलकाहा थाना प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले नियन्त्रणमा लिएको बताइएको छ। पक्राउ परेकाहरूलाई आवश्यक प्रक्रियाका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।
१. कादिर मियाँ — हदिश मियाँका कान्छा छोरा
२. ताहिर मियाँका भाइ — जाहिर मियाँका छोरा
३. अबुल मियाँका कान्छा छोरा — नाम खुल्न बाँकी
४. नाम नखुलेका एक व्यक्ति
फुलकाहा थानाका प्रहरी निरीक्षक विकासकुमार मौर्यका अनुसार सीमा क्षेत्रमा नियमित गस्ती तथा निगरानीका क्रममा उनीहरू पक्राउ परेका हुन्। सीमावर्ती क्षेत्रमा सुरक्षा निकायले दिनरात निगरानी बढाउनुका साथै ड्रोनमार्फत समेत अनुगमन गरिरहेको बताइएको छ।
यद्यपि पक्राउ परेका व्यक्तिहरू घटनामा वास्तवमै संलग्न थिए वा थिएनन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। उनीहरूको संलग्नताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।