मोरङमा लागूऔषध नियन्त्रण र सुधारगृहको अवस्थाबारे प्रहरी–सुधारगृह सञ्चालकबीच अन्तरक्रिया ।

मोरङमा लागूऔषध नियन्त्रण र सुधारगृहको अवस्थाबारे प्रहरी–सुधारगृह सञ्चालकबीच अन्तरक्रिया ।

कोशी आवाज २०८३ श्रावण ८ गते शुक्रबार ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा लागूऔषध दुर्व्यसन, अवैध कारोबार रोकथाम तथा नियन्त्रण तथा सुधारगृहहरूको वर्तमान अवस्थाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक कविता कटवालको उपस्थितिमा विराटनगर महानगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न सुधारगृहका सञ्चालक तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पछिल्लो समय बढ्दो लागूऔषध दुर्व्यसन र यसको अवैध कारोबार नियन्त्रणका उपाय, सुधारगृहहरूको सञ्चालन अवस्था, व्यवस्थापनमा देखिएका चुनौती तथा आगामी दिनमा प्रहरी र सुधारगृहबीच आवश्यक समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सहभागीहरूले लागूऔषध नियन्त्रण र पुनर्स्थापनाका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।